स्रोत नखुलेको सात लाख नगद सहित महतो पक्राउ

काठमाडौँ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका ४ स्थित सडकबाट स्रोत नखुलेको नगद ७ लाख ५० हजार रूपैयाँ सहित एक जानलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत सितामढी ग्राम सोनबर्सा २ बस्ने ४० वर्षीय विश्वनाथ महतो रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतको सोनबर्साबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० ई ३९१४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा लुकाई ल्याएको उक्त नगद फेला पारी चालक महतोलाई पक्राउ गरेको प्रहरी कार्यालयले जानकारी गराएको हो ।