अनियन्त्रित भई ट्र्याक्टर दुर्घटना, चालकको मृत्यु

काठमाडौँ । तेह्रथुममा ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टर चालक फेदाप गाउँपालिका–५ इसिबुका २६ वर्षीय रविन खापुङ रहेका छन् ।

म्याङलुङ नगरपालिका १ को भित्री सडकखण्डमा म्याङलुङबाट तमोर नदीतर्फ जाँदै गरेको प्रदेश१–०२–००३त ४९८ नंको ट्र्याक्टर गए राति आफैँ अनियन्त्रित भई सडकबाट करिब १ सय मीटर तल झरी दुर्घटना भएको हो ।

दुर्घटनामा ट्र्याक्टर चालक खापुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जानकारी गराएको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।