क्यालिफोर्नियामा सैनिक विमान दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु

काठमाडौँ । बुधबार दक्षिणी क्यालिफोर्नियामा सैनिक विमान दुघृटना भएको छ । विमान दुर्घटनाग्रस्त भएको मरिन कोर्प्सका प्रवक्ताले स्पुतनिकलाई बताएका छन् । उक्त विमानमा कुनै आणविक सामग्री भने नभएको बताइएको छ । प्रवक्ताका अनुसार दुर्घटनामा कुनै हताहतीको पुष्टि भने भएको छैन । यद्यपि स्थानीय समाचार माध्यमहरूले मरिन कोर्प्स विमानमा सवार कम्तीमा ४ जनाको मृत्यु भएको बताएको छ ।

ूम ग्लेमिस क्यालिफोर्नियामा भि २२ ओस्प्रे दुर्घटना भएको पुष्टि गर्न सक्छु । विमानमा कुनै आणविक सामग्री भने थिएन। हामीसँग कुनै थप जानकारी छैन,ू प्रवक्ताले बुधबार सो कुरा बताएको भनी समाचार माध्यमले उल्लेख गरेका छन् ।

क्यालिफोर्नियाको स्यान डिएगोबाट बाहिर रहेको तेस्रो मरिन एयरक्राफ्ट विङको एउटा विमान मेक्सिकोको सीमाबाट करिब ३० माइल उत्तरमा राजमार्ग ७८ र ग्लामिस शहर नजिकै दुर्घटनाग्रस्त भएको, नौसेना वायु सेवा सुविधा एल सेन्ट्रोले समेत आफ्नो फेसबुक पेजमा पुष्टि गरेको स्पुतनिकले जानकारी गराएको छ ।

घटनास्थलबाट प्रतिक्रियाकर्ताको रेडियो कलले सो विमानमा आणविक सामग्री भएको सङ्केत गरेको थियो तर मरिन कोर्प्सले पछि प्रतिक्रिया दिदै सो अनुमानलाई खारेज गरेको विज्ञप्तिमा जानकारी छ ।