रासायनिक मल हाहाकार हुँदा सरकारले कुनै ध्यान नदिएको सांसदको आरोप

काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरुले मलको अभावका कारण किसानहरु समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । सांसद हृदयेश त्रिपाठीले मुलुकमा रासायनिक मल हाहाकार हुँदा पनि सरकारले ध्यान दिन नसकेको आरोप लगाएको छ ।

सांसद त्रिपाठीले यस्तै अवस्था रहेमा यसपाली धानको उत्पादनसमेत घटने बताए । उनले प्रहरीका घुमुवाले विचौलिकाको काम गरिरहेको समेत जिकिर गरे ।

काठमाडौँ उपत्यकको फोहर व्यवस्थापन गर्न सांसद कृष्णबहादुर राईले सरकारलाई ध्यानाकर्षण गराएका छन् । अर्का सांंसद गणेशसिंह ठगुन्नाले दार्चुलामा बुधबार एकल महिलालाई आगो लगाएर मारिएको छ भन्दै त्यस घटनाका दोषीलाई पक्राउ गरी कारवाही गर्न माग माग गरेका छन् ।