पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । आज छापावाल सुनको मूल्य तोलामा पाँच सयले बढेर ९८ हजार पुगेको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९७ हजार ५ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सयमा कारोबार भएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला ९७ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार २ सय ८० कायम रहेको महासङ्घले जानकारी गराएको छ ।