इम्बोस्ड नम्बरको नाममा नेपाली भाषा मास्ने कार्य असंवैधानिक

काठमाडौँ । राष्ट्रियसभा सदस्य मदनकुमारी शाह गरिमाले सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने विषयले नेपाली भाषा मास्ने र राष्ट्रियता कमजोर पार्ने बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा उनीले संविधानमा सरकारी कामकाजको भाषा प्रयोग गर्नुपर्ने भनिएको भए पनि त्यसको विपरीत देवनागरी लिपि मास्ने कार्य असंवैधानिक भएको बताइन ।

गरिमाले सुदूरपश्चिमको दार्चुलामा हालै एक महिलालाई जलाएर हत्या गरिएको विषयमा सरकारले अपराधीलाई कडाइका साथ कारबाही गरी समाजलाई सुरक्षित बनाउनुपर्नेमा ध्यानाकर्षण गराएका छन् । उनले दण्डहीनताको अभावमा महिला हिंसा बढदै गएकामा चिन्ता समेत व्यक्त गरेका छन् ।

राष्ट्रियसभा सदस्य कमला पन्तले मलको अभावले किसानलाई समस्या परेकाले त्यसको सहज आपूर्ति गर्नुपर्ने बताए । उने भने कृषि क्षेत्रको विकासका लागि किसानलाई राहत दिनुपर्नेमा उनले जोड दिएका छन् । २०७५ भदौको सर्वोच्चको फैसला कार्यान्वयन गरेर विदेशमा बस्ने नेपालीलाई मतदानको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उनीहरुले पठाएको विप्रेषणबाट मुलुकको अर्थ व्यवस्था सञ्चालन भइरहेको बताए ।