साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अङ्कले आरालो

काठमाडौँ । शेयर कारोबार हुने साताको अन्तिम दिन पनि धितोपत्र बजारमा नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि एक दिनमात्रै उकालो लागेको नेप्से परिसूचक पुनः लगातार ओरालो लागिरहेको छ ।

आज पनि नेप्से परिसूचक १४ दशमलव ६४ अङ्कले ओरालो लागेर २ हजार ४८ दशमलव १६ अङ्कमा झरेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलव ११ अङ्कले ओरालो लागेर ३ सय ९२ दशमलव २५ मा सीमित भएको छ ।

सरकारले धितोपत्र बजारको समस्या समाधानका लागि लगातार प्रयास गरे पनि बजारले भने त्यसलाई आत्मसात् गर्न नसकेको कारोबारको विवरणले देखाउँछ । नेप्सेको शेयर बजार पूर्णरूपमा ‘वियरिङ टे«ण्ड’मा गएको देखिन्छ ।

शुक्रबार कूल २ सय २९ कम्पनीको ३० लाख ४५ हजार ८ सय ३८ कित्ता शेयर रु ८९ करोड ४१ लाख २४ हजार १ सय १४ मूल्यमा खरिद बिक्री भएको छ । कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्यमा गिरावट आएको छ । नेप्सेका अनुसार बैंकिङ ४ दशमलव ४३, व्यापार २१ दशमलव ९१, होटल तथा पर्यटन ३४ दशमलव ३२, विकास बैंक ३९ दशमलव १२, जलविद्युत् ७ दशमलव ३७, वित्त १८ दशमलव २८, निर्जीवन बीमा ७९ दशमलव ५७, उत्पादन १ सय दशमलव ८७, अन्य २७ दशमलव ९, लघुवित्त २४ दशमलव ७७, जीवन बीमा ७८ दशमलव ९४, सामूहिक लगानी कोष ० दशमलव ०५ र लगानी ० दशमलव ५७ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा कुमारी बैंक भने यो साता शीर्षस्थानमा रहेको छ । सो बैंकको ५ करोड ५ लाख ४५ हजार १ सय ६८ बराबरको कारोबार गरेको छ । नेपाल इन्भेस्टमेन्ट बैंक ४ करोड २४ लाख १४ हजार ५ सय ९३, मेगा बैंक ३ करोड १८ लाख ४४ हजार २ सय ७८, शिवम् सिमेन्ट ३ करोड १२ लाख ४७ हजार ८ सय ९२, एनआइसी एशिया बैंक ३ करोड २ लाख ४१ हजार ७ सय ७३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ ।

नेप्सेका अनुसार उपकार लघुवित्त र ग्रीन भेञ्चर्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बलेफी हाइड्रोपावर ९ दशमलव ९८, लक्ष्मी लघुवित्त वित्तीय संस्था ३ दशमलव ६२ र सनराइज फस्ट म्युचुअल फण्डका लगानीकर्ताले ३ दशमलव १० प्रतिशतले कमाएको छ, भने सामुदायिक लघुवित्त ५ दशमलव ७५, युनिलिभर नेपाल ५ दशमलव २५, युनाइटेड इदी मर्दी हाइड्रोपावर ४ दशमलव ९४, नारायणी डेभलपमेन्ट बैंक ४ दशमलव ३४ र मानुषी लघुवित्तका लगानीकर्ताले ३ दशमलव ९५ प्रतिशतले गुमाएका छन् ।