अवैध लागूऔषध ब्राउन सुगर सहित चारजना पक्राउ

काठमाडौँ । बाँकेमा अवैध लागूऔषध ब्राउन सुगर सहित ४ जानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पनेृमा जानकी गाउँपालिका(२ बस्ने २२ वर्षीय श्रवण सुनार, भारत घर भएका २२ वर्षीय राहुल शाही, २१ वर्षीय बब्बु घोसी रहेका छन् ।

नेपालगंज उपमहानगरपालिका १५ जमुनाह चेकप्वान्टस्थित सडकबाट ४ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित उनीहरुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

श्रवणले चलाई ल्याएको भे.६ प ९७७३ नम्बरको स्कुटरलाई लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा स्कुटरमा सवार राहुलले लुकाई ल्याएको उक्त लागूऔषध फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

साथै थप सोधपुछ तथा अनुसन्धानको क्रममा उक्त पदार्थ बब्बु घोसी लगायत २ जनाको भनि खुल्न आएपछि उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।