बर्दियामा २१ वर्षीया महिलामाथि जबरजस्ती करणी

काठमाडौँ । बर्दिया ठूलोबुबा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको छ । उनीलाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका बस्ने उनकै ७४ वर्षीय ठूलोबुबालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ठूलोबुबाले ती महिलालाई स्थानीय खेतबारीमा जबरजस्ती करणी तथा हाडनाता करणी गरेको हुँदा ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

पीडितलाई माईती नेपाल गुलरीया बर्दियाको संरक्षणमा राखेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।