सुनको मूल्य बढेर ९९ हजार दुईसय

काठमाडौँ । आज सुनचाँदी बजारमा छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला १ हजार ५ सयले बढेर ९९ हजार २ सय पुगेको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ७ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य तोलामा ९८ हजार ७ सयमा कारोबार भएको छ । यसको मूल्य अघिल्लो दिन तोलामा ९७ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपयाँले बढेर १ हजार २ सय ८० पुगेको महासङ्घले जानकारी गराएको छ ।