आफ्नै भाइको खुकुरी प्रहार गरी हत्या

काठमाडौँ । सुनसरीमा आफ्नै भाइ १८ वर्षीय देव कुमार धामीलाई खुकुरी प्रहार गरी हत्या गरेको छ । हत्यारा बराहक्षेत्र नगरपालिका ४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

चुरोटको निहुँमा भएको झगडामा देबराजले खुकुरी प्रहार गर्दा देवकुमार गम्भीर घाइते भएको थियो । उनीहरुको झगडाको विषयको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै गम्भीर घाइते देवकुमारको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

यस सम्बन्धमा देबराज धामीलाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी गराएको छ ।