तिन बालबालिकासहित ५ जनाको मृत्यु

काठमाडौँ । अल्लुरी सीताराम राजु जिल्लामा सोमबार यात्रु बोकेको एक निजी बस पल्टिँदा ३ बालबालिकासहित ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षीय धनेश्वर दलपती, ५ वर्षीय जितु हरिजन र २ वर्षीय सुनेना हरिजनरहेका छन् ।

सोमबार बिहान चिन्तूरको एडुगुराल्लापल्लीमा दुर्घटना भएको हो । दुर्घटना भएको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार घटनाका बेला बसमा ४० यात्रु सवार थिए ।

घटनामा ५ जनाको मृत्यु भएको छ, भने ९ जना घाइते भएका छन् । घाइतेहरुलाई भद्रचलम एरिया अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको पहिचान ओडिशा निवासी भएका बताइएको छ । घटनाबारे प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र थप विवरणहरू आउन बाँकी रहेको बताइएको छ ।