ललितपुरमा एमालेको सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कर्यालयमा जारी रहेको छ । एमाले नेता सुवासचन्द्र नेम्वाङकाअनुसार तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा एवम् समसामयिक राजनीतिकको विषयमा छलफल भइरहेको जानकारी दिइएको छ ।


पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा जारी बैठकमा केन्द्रीय विभागको पूर्णता र जनप्रतिनिधिलाई प्रशिक्षण दिइने विषयमा छलफल भएको नेम्वाङले जानकारी दिएका छन् ।