किसानलाई मल आजै चाहियो, अहिल्यै चाहियो : सांसद अधिकारी

काठमाडौँ । प्रमुख प्रतिपक्षल दलका सांसदहरुले मलको आपूर्ति गर्न नसकेको भनी सरकारको आलोचना गरेको छ । सांसद खगराज अधिकारीले मुलुकलाई चाहिले ४ लाख मेट्रिकटन मल कहिले ल्याउने हो भनी सरकारसँग प्रश्न गरेका छन् । सोमबारको प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको विषयको प्रस्तावमाथिको छलफलमा भाग लिनुहुँदै सांसद अधिकारीले सो प्रश्न गरेका हुन् ।

“हामीलाई मल आजै चाहियो किसानलाई खेतमा हाल्न अहिल्यै चाहियो । सांसद अधिकारीले भने । उनले मलको हाहाकार भएकाले सार्वजनिक महत्त्वको प्रस्ताव ल्याउनुपरेको उल्लेख गरेका छन् ।

मुलुकमा १० लाख मेट्रिकटन धान अभाव रहेको, विश्वका कतिपय मुलुकले निर्यातमा रोक लगाइसकेका बेला अब नेपालले किन्नसमेत पाउने अवस्था नरहेपछि धान, चामल किन्न कहाँ जाने ? भन्दै उनले प्रश्न गरेका छन् ।

उले समयमै मलखाद दिन सकेनौँ भने उत्पादकत्व घट्ने र मुलुक ठूलो खाद्यान्न अभावमा पर्ने देखिएको बताएका छन् । मल जस्तो अत्यावश्यक वस्तु आपूर्तिमा ख्याल ठट्टा गर्न नहुनेमा सांसदहरुले गम्भिर ध्यानकर्षण गराएका छन् ।