१२ वर्षीया बालिकालाई ललाई फकाई जबरजस्ती करणी गर्ने तिन पक्राउ

काठमाडौँ । ओखलढुङ्गामा गत बैशाख २७ गते दिउँसो १२ वर्षीया बालिकालाई ललाई फकाई बिभिन्न प्रलोभनमा पारी डर धाक धम्की देखाई सामुहि यौनर्दुव्याहार भएको थियो ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका ३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र ४० वर्षीय पुर्ण प्रसाद फुयाल रहेका छन् ।

नगरपालिका ११ मा उनीहरुले ती बालिकालाई ललाई फकाई बिभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गरेको र यसअघि पनि बिभिन्न स्थान र मितिमा समेत जबरजस्ती करणी गरेको हुँदा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी कार्यालयले जानकारी दिइएको छ ।