मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत

काठमाडौँ । मुस्ताङमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती यौनदुव्र्यहार भएको छ । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ चैले बस्ने २९ वर्षीय राजन बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई सोही गाउँपालिका ३ समरस्थित सामुदायिक भवनको शौचालयमा लगि राजनले शनिबार साँझ जबरजस्ती करणी गरेको बताएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले घरपझोङ गाउँपालिका ४ जोमसोमबाट पक्राउ गरेको छ । घटना सम्बन्धि उनलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।