घट्यो सुनको मूल्य

काठमाडौँ । आजा सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोलामा ६ सयले घटेर ९६ हजार ५ मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोलामा ९७ हजार एक सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य तोलामा ९६ हजारमा कारोबार भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबार मूल्यका आधारमा स्थिर रही प्रतितोलामा १ हजार २ सय ४५ मा कायम रहेको महासङ्घले जानकारी गराएको छ ।