सर्वसाधारणका लागि आदर्श लघुवित्तको आइपिओ खुला

काठमाडौँ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १ सय अङ्कित मूल्यमा ६७ लाख मूल्य बराबरको ६७ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओको बिक्री खुला गरेको छ ।

कम्पनीले निष्कासन गरेको साधारण शेयरमा कूल जारी पूँजी २ लाख ७ हजार कित्ताको ०.५ प्रतिशत अर्थात् १ हजार ३५ कित्ता शेयर कर्मचारीलाई र निष्कासित शेयरको ५ प्रतिशत अर्थात् ३ हजार ३ सय ५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी ६२ हजार ६ सय ५१ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख गरेको छ ।

सर्वसाधारणले असार ६ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन जानकारी गराएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नआएमा असार १५ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जानकारी दिइएको छ ।

नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडले जानकारी गराएको छ ।