स्थानीयका लागि मन्दाकिनी हाइड्रोपावरको आइपिओ खुला

काठमाडौँ । कास्कीमा मन्दाकिनी हाइड्रोपावर लिमिटेडले स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । आजदेखि कम्पनीले प्रतिकित्ता १ सय अङ्कित दरमा ५ करोड ८८ लाख ३ हजार ७ सय मूल्य बराबरको ५ लाख ८८ हजार ३७ कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओको बिक्री खुला गरेको छ ।

आयोजना प्रभावित कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका २, ३, ४ र ६ वडाका स्थानीय बासिन्दाले यही असार १५ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार ३० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको छ ।

नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताले अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्ने छ । साथै, एनएमबी बैंकको हेम्जा शाखा, प्राइम कमर्सियल बैंकको लामाचौर शाखा र पोखरा फाइनान्सको लाहाचोकस्थित कार्यालयका साथै कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौँबाट समेत आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडले जानकारी गराएको छ ।