प्रधानमन्त्री देउवाले एसपीपीबारे संसदमा जानकारी दिनुपर्छ : गगन थापा

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले ‘‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीबारे संसदमा जानकारी दिनुपर्ने बताएका छन् ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद थापाले अमेरिकासँग गर्न लागेको भनिएको एसपीपी सम्झौताबारे प्रधानमन्त्री देउवाले नै संसदमा आएर जानकारी दिनुपर्ने बताएका छन् ।

‘‘हामीले सबै शक्ति राष्ट्रसँग मिलेर काम गर्ने हो तर सेना संलग्न हुने कुनै पनि कार्यक्रममा नेपाल सहभागी हुन पाउँदैन । उनले भने सांसद थापाले प्रधानमन्त्रीले संसदमा आएर एसपीपी सम्झौता हुँदैन र गर्दैनौं भन्नुपर्ने माग गरेका छन् ।

प्रधानमन्त्री मेरो पार्टीको सभापति पनि हुनुहुन्छ । नेपाली एसपीपी जस्तो सामरिक स्वार्थ भएको कार्यक्रममा सहभागी हुनुहुँदैन ।,’’ उहाँले भन्नुभयो, ‘‘आजै अहिले नै यो बैठकमा आएर प्रधानमन्त्रीले आफैँले यस्तो किसिमको सम्झौता उहाँकै भाषामा ‘गर्दैन गर्दैन गर्दैन’ भनेर भन्नुपर्छ ।