नागरिकलाई सार्वजनिक सेवामार्फत राज्य उपस्थितिको बोध गराउनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई सहज सार्वजनिक सेवा प्रवाह गरी राज्यको उपस्थितिको बोध गराउनुपर्ने बताइएकी छन् । लोकसेवा आयोगको ७२ औं वार्षिकोत्सवको अवसरमा बुधबार केन्द्रीय कार्यालय कमलपोखरीमा आयोजित कार्यक्रममा उनीले आयोगको निष्पक्षता र विश्वसनीयताले नागरिकस्तरमा उदाहरण स्थापित गर्न सफल भएको बताइन ।

भण्डारीले विज्ञान र प्रविधिको विकाससँगै जनसम्बोधनका लागि आयोगले अनलाइन एपसँग जोड्ने कार्यले सेवाहरु सरल र सहज ढंगबाट प्राप्त हुने अपेक्षा व्यक्त गरेकी छन् । नयाँ युगका नयाँ चुनौतीलाई सामना गर्न सक्नेगरी आफूलाई निरन्तर रुपमा सुधार एवम् विकास गर्दै अगाडि बढ्न आवश्यक रहेको बताउदै ठूला राजनीतिक परिवर्तन पश्चात् मुलुक अब क्रमशः आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर भइरहेको स्पष्ट पारेकी छन् ।

मुलुकको स्थायी सरकारको रुपमा रहेको आयोगले निजामति सेवाका लागि योग्य, दक्ष एवम् उपयुक्त उम्मेद्वार छनोट गर्ने जिम्मेवारी पाएको भन्दै भण्डारीले दक्ष जनशक्ति विकासका लागि अभिमुखीकरण र उम्मेद्वार छनोट प्रणालीमा समय सापेक्ष सुधार गर्नुपर्नेमा जोड दिइएकी हुन् ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोग योग्यता प्रणालीको उत्कृष्ट कन्द्रको रुपमा स्थापित हुने प्रतिबद्धता व्यक्त गरे । उनले संस्थालाई आम जनताको विश्वासको केन्द्रको रुपमा विकसित गर्नुहुने पूर्वपदाधिकारी र पूर्व कर्मचारीप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

योग्यता, निष्पक्षता र स्वच्छतालाई आयोगले आफ्नो कार्य सम्पादनका मूल मन्त्रको रुपमा अंगीकार गर्दैआएको सात दशक लामो ऐतिहासिक यात्राका क्रममा आयोगको काम, कर्तव्य र जिम्मेवारीका क्षेत्रहरुमा विभिन्न फेरवदल भए । अग्रजहरुको अथक प्रयत्नबाट सार्वजनिक निकायका कर्मचारी भर्ना र छनौटमा योग्यता प्रणाली स्थापित गर्न लोक सेवा आयोग अग्रणी संस्थाको रुपमा स्थापित भएको बताउदै अग्रजहरुप्रति आभार प्रकट गरेका छन् ।