मङ्कीपक्सका बिरामीको संख्या ५ सय नाघ्यो

काठमाडौँ । बेलायतमा पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार बुधबारसम्ममा मङ्कीपक्सका बिरामीको संख्या ५ सय नाघेको छ । युके हेल्थ सेक्युरिटी एजेन्सीले इङ्गल्याण्डमा ५२ मङ्कीपक्सका घटनाहरू दर्ता भएको एजेन्सीले जानकारी दिइएका छन् । स्कटल्याण्डमा एक र वेल्समा १ जना थप सङ्क्रमित सहित बेलायतमा मङ्गलबारसम्म पुष्टि भएका सङ्क्रमित सङ्ख्या ५ सय २४ पुगेको छ ।

इङ्ल्यान्डमा ५सय ४, स्कटल्याण्डमा १३, उत्तरी आयरल्यान्डमा २ र वेल्समा ५ जनामा पुष्टि भएको छ । नजिकको सम्पर्क र यौनसम्पर्कमा रहेका व्यक्तिहरूमा सङ्क्रमण बढ्दो पाइएको छ । समलिङ्गी, उभयलिङ्गी वा अन्य प्रकारले यौन सम्पर्कमा रहेका व्यक्तिहरूमा यस्तो सङ्क्रमण देखिएको युके हेल्थ सेक्युरिटी एजेन्सीले जानकारी दिइएको छ।

लन्डन स्कूल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनका सङ्क्रामक रोग महामारी विज्ञानका प्राध्यापक डेभिड हेम्यानले भने कुनै निश्चित समूह वा व्यक्तिहरूलाई लक्ष्यित गरी सङ्क्रमित हुन सक्ने भन्नु गलत हुने बताएका छन् ।