लामो समयदेखि १४ वर्षीया बालिका बलात्कृत

काठमाडौँ । रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनीलाई जबरजस्ती बलात्कार गरेको अभियोगमा सैनामैना नगरपालिका ३ मुर्गिया बस्ने ६० वर्षीय मईते थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

थापाले आफ्नै पसलमा काम गर्ने ती बालिकालाई लामो समयदेखि जबरजस्ती करणी गर्दै आएको अनुसन्धनामा खुलेको छ । बालिकालाई यौनर्दुव्यावहार गरेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थापालाई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।