बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौधरी पक्राउ

काठमाडौँ । कैलालीमा १६ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा जानकी गाउँपालिका २ बडरिया बस्ने २२ वर्षीय हरि शंकर चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालयका अनुसार चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको जानकारी दिइएको छ । उनलाई घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालय टिकापुरले जानकारी दिइएको छ ।