४९ होटल सञ्चालनमा, आठ अर्ब लगानी

काठमाडौँ । काभ्रेपलाञ्चोकको पर्यटकीय नगरी धुलिखेलमा साना ठूला गरी ४९ होटल रहेका सञ्चालनमा रहेका छन् । ती होटलमा हालसम्म रु ८ अर्ब २२ करोड ५३ लाख लगानी भएको तथ्याङक छ ।

सङ्घीय राजधानी काडमाडौँदेखि ३० किलोमिटरको दूरीमा अवस्थित सदरमुकाम धुलिखेलका ४९ होटलमा ९ सय ९२ ले प्रत्यक्ष रोजगारी पाएका छन् । धुलिखेल नगरपालिकामा ५ सय ९५ कर्मचारी पूर्णकालीन छन् । समग्र जिल्लाका ८ सय १ कर्मचारी होटलमा कार्यरत रहेका छन् । धुलिखेलमा भएका होटलमा कार्यरत जनशक्तिका लागि वार्षिक रु १८ करोड ४५ लाख खर्च हुने गरेको क्षेत्रीय होटल सङ्घले जानकारी दिइएको छ ।

सङ्घका अनुसार धुलिखेलमा होटलमा लगानी गरिएको सवा रु ८ अर्बमध्ये २ अर्ब ४८ करोड ९० लाख ७२ हजार बैंकको लगानी रहेको हो । यहाँका होटल व्यवसायीले राज्यलाई रु १३ करोड ३५ लाख तथा धुलिखेल नगरलाई रु ३२ लाख ७५ हजार तिर्ने गर्छन् । सङ्घका अध्यक्ष प्रमकण्ठ माकजु श्रेष्ठले धुलिखेलमा रहेका होटलमा ९ सय ७२ कोठामा १ हजार ७ सय ४५ बेड रहेको जानकारी दिए ।

स्थानीय सरकारसँगको समन्वयमा धुलिखेलमा थप पर्यटन विकासकार्य गर्न यहाँका व्यवसायी तयार रहेका छन् ।” नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले धुलिखेलको पर्यटन विकासका लागि बोर्डले आवश्यक सहयोग गरिरहेको अध्यक्ष श्रेष्ठले बताए ।

सङ्घका अनुसार जिल्लामा कूल १ सय २४ होटल सञ्चालनमा रहेको छ । जिल्लाकै अर्को पर्यटकीयस्थल नगरकोटमा ४२ होटल छन् भने बनेपा नगरमा १०, पनौती नगरमा सात, नमोबुद्ध नगरमा पाँच, पाँचखाल नगरमा तीन र दोलालघाटमा आठ होटल रहेका छन् । जिल्लामा कोभिड शुन्य भएपछि पछिल्ला केही महिनादेखि आन्तरिकसँगै बाह्य पर्यटकको चहलपहल भइरहेको सङ्घले जानकारी दिइए ।

नगरप्रमुख व्याञ्जुका अनुसार धुलिखेलमा ट्रिटमेन्ट प्लान्ट निर्माण, फोहरमैला व्यवस्थापनमा लगानी गरिरहेको तथा कोभिडको समयको होटललगायत व्यापारिक सङ्घसंस्था एवं धुलिखेलका बासिन्दालाई फोहरमैलामा कर छुट तथा स्थानीयलाई रोजगार दिने संस्थालाई १० प्रतिशत कर छुट दिने गरेको बताएका छन् ।