पर्साबाट १० वर्षपछि बलात्कारी पक्राउ

काठमाडौँ । पर्सामा मानसिक सन्तुलन ठीक नभएकी महिलालाई जबरजस्ती करणी गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१ का ३५ वर्षीय उमाशंकर गिरी रहेका छन् । उनलाई पर्सा जिल्ला अदालतको २०७० जेठ १७ गतेको फैसलाले ५ वर्षको कैद तोकिएको छ ।

वडा प्रहरी कार्यालय विर्ता वीरगन्जबाट खटिएको फैसला कार्यान्वयन विशेष टोलीले आइतबार बिहान ११ बजे वीरगन्ज १ छपकैयाबाट गिरीलाई पक्राउ गरेको हो । उनलाई जिल्ला अदालतमा बुझाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन् ।