चीनको जियाङ्सीमा ४८५,००० मानिस प्रभावित

काठमाडौँ । वर्षाले चीनको जियाङ्सीमा ४८५,००० मानिस प्रभावित भएका छन् । पूर्वी चीनको जियाङ्सी प्रान्तको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सोमबार साँझ बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ । सो क्षेत्रमा करिब ४८५,००० बासिन्दाहरू अविरल वर्षाबाट प्रभावित भएका छन्।

शनिबार दिउँसो ३०० बजेदेखि सोमबारसम्मको भारी वर्षा र बाढीका कारण जियाङ्सीका ५५ काउन्टीमा ४३ हजार ३ सय हेक्टर बाली प्रभावित भएको थियो ।

मुख्यालयका अनुसार बाढीबाट प्रत्यक्ष आर्थिक क्षति ४ सय ७० मिलियन युआन करिब ७०.४ मिलियन अमेरिकी डलर पुगेको छ। स्थानीय मौसम विभागले मङ्गलबार जियाङ्सीमा वर्षा अलिकति कमजोर भए पनि यसको दक्षिणी र पूर्वी भागमा भारी वर्षा हुने जानकारी गरएको छ ।