घट्यो सुनको मूल्य, चाँदिको मूल्य कति त ?

काठमाडौँ । आजा सुनचाँदी बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले घटेर ९७ हजार २ सयमा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय मा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा यसको मूल्य प्रतितोला ९७ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपयाँले घटेर १ हजार २ सय ४० मा तोकिएको महासङ्घले जानकारी दिइएको छ ।