लगातार ओरालो लागेको नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौँ । नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि हुँदा चरम खडेरीमा पानी परेको जस्तै भएको लगानीकर्ताले टिप्पणी गरेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९४.९२ अङ्कले उकालो लागेर १ हजार ९५६.९८ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १७.९३ मा पुगेको छ ।

कूल २ सय ३० कम्पनीको ६३ लाख ६३ हजार ५ सय ९० कित्ता शेयर २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८ सय ४९ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

शेयर कारोबार हुने साताको पहिलो दिन आज आइतबार रु २७ खर्ब ९० अर्ब १६ करोड ५५ लाख ५४ हजार ८ सय ८८ बराबर कारोबार भएको छ । कारोबारका आधारमा कुमारी बैंक शीर्ष स्थानमा बस्न सफल भएको छ । सो बैंकको ८ करोड ६४ लाख ३८ हजार ९ सय ५३ बराबरको कारोबार गरेको छ । हिमालयन बैंक ८ करोड ३७ लाख ९२ हजार ९ सय ३६, ङादी ग्रुप पावर ८ करोड ३३ लाख ५३ हजार, नबिल बैंक ६ करोड ७६ लाख २७ हजार ८ सय ५८ र शिवम् सिमेन्ट ५ करोड ४१ लाख ७० हजार ६ सय ६३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ ।

यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र २.१६, एनसिसी बैंकको ऋणपत्र २, आइसिएफसी फाइनान्स २, गुडविल फाइनान्स १.८१ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रोका लगानीकर्ताले ०.२१ प्रतिशतले गुमाएका छन् ।