तत्कालीन प्रमुख सहित १० जनाविरुद्धा भ्रष्टाचारको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाग्लुङको काठेखोला गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित १० जनालाई भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर वि.क. सव इञ्जिनियर, लेखापाल र निर्माण सेवाका प्रोपाइटरहरुले नालढुङ्गा घुँडेखोला, खानेपानी योजनामा नापी किताब अनुसारको पाइप प्रयोग नगरेको, सडक मर्मत आयोजनामा कर्मचारीको मिलेमतोमा योजनाबद्ध ढंगले उपयोक्त रकम हिनामिना गरेको आयोगको ठहर छ ।

एक फर्मलाई एक वडाको जिम्मेवारी दिएकोमा सोही वडाको एकै साइटमा एकै अवधिमा अर्को फर्मलाई समेत जिम्मेवारी दिएको र अर्को फर्मबाट समेत काम भएको भनी नापी किताब तयार एवं भुक्तानी गर्ने कार्य गरी सरकारलाई हानी नोक्सानी पुर्‍याएको आयोगका सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी जानकारी दिइएका छन् ।