तोलामा ३ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । प्रतितोला तिन सयले घट्यो सुनको मूल्य । आज छापावाल सुनको मूल्य तोलामा ३ सयले घटेर ९७ हजार ५ सयमा कारोबार भएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९७ हजार ८ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोलामा  ९७ हजारमा कारोबार भएको छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ३ सयमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य हिजोको कारोबार मूल्यका तुलनामा तोलामा ५० ले घटेर १ हजार २ सय ३५ मा तोकिएको महासङ्घले जानकारी दिइएको छ ।