मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत

काठमाडौँ । मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई जबरजस्ती बलात्कार गरेको आरोमा प्रहरीले एकजनालाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागवेनी बस्ने शेरथाङ सेल्फी रेष्टुरेन्टका संचालक ३२ वर्षीय दिन्डुक छिरिङ गुरुङ रहेका छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई सोही रेष्टुरेन्टमा गुरुङले जबरजस्ती करणी गरेको भन्ने खबरको आधारमा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।