लगातार ओरालो लागेको नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धी

काठमाडौँ । नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक पछिल्ला केही दिनदेखि भने उकालोको लागिरहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से परिसूचक ७४.९३ अङ्कले उकालो लागेर २ हजार ३७.६४ मा कारोबार भएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.६३ अङ्कले उकालो लागेर ३९१.७८ मा पुगेको छ ।

नेप्सेको बृद्धिसँगै कारोबार रकममा समेत सामान्य सुधार देखिएको छ । कूल २ सय २७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता शेयर २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४ सय ९५ मूल्यमा खरिद बिक्री भएको छ ।

कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा ९ वटामा वृद्धि भएको छ । बैंकिङ २९.६८, व्यापार १२६.७, होटल तथा पर्यटन १२७.७, विकास बैंक २०४.४४, जलविद्युत् १०२८, वित्त १००.२८, निर्जीवन बीमा ३७८.२, उत्पादन २५०.४२, अन्य ८६.०२, लघुवित्त २०४.४२, जीवन बीमा २९६.०५, सामूहिक लगानी कोष ०.३८ र लगानी २.२ अङ्कले उकालो लागेको छ ।

बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ५ अर्ब १५ करोड ९६ लाख १६ हजार ४ सय ६५ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा छ । सो कम्पनीको ९ करोड ९५ लाख २० हजार ६ सय ३० बराबरको कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरी ७ करोड ९७ लाख ६८ हजार १ सय ७१, एशियन लाइफ इन्स्योरेन्स ७ करोड ९९ लाख ३० हजार ९ सय ९९, अरुण काबेली पावर ५ करोड ८३ लाख ८९ हजार ६ सय २२, र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल ५ करोड ६९ लाख ३९ हजार ७ सय ७८ बराबरको कारोबार गरी शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

त्यस्तै ग्लोबल आइएमई बैंकको ऋणपत्र ३.८९, बरुण हाइड्रोपावर २.६५, गुराँस लघुवित्त २.४४, बैंक अफ काठमाडौँको ऋणपत्र २ र सिटिजन म्युचुअल फण्ड दोस्रोका लगानीकर्ताले ०.८९ प्रतिशतले गुमाएका छन् ।