साताको पहिलो दिन नेप्से परिसूचकको उकालो यात्रा

काठमाडौँ । शेयर कारोबार हुने साताको पहिलो दिन आजा नेप्से परिसूचक ५८ अङ्कले उकालो लागेको छ । पछिल्ला केही दिनदेखि नेप्से परिसूचकले उकालो लागिरहेको छ ।

एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७.६५ अङ्कले उकालो लागेर २ हजार ८६.४२ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.२१ अङ्कले उकालो लागेर ३९८.८२ मा पुगेको छ ।

नेप्सेको उकालो यात्रासँगै कारोबार रकम समेत बृद्धि भएको छ । कूल २ सय ३१ कम्पनीको ६२ लाख २७ हजार ६ सय ९२ कित्ता शेयर २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९ सय ९९ मूल्यमा खरिद बिक्री भएको छ । कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ७४ अर्ब ७० करोड ९३ लाख ९३ हजार ७ सय ९७ बराबर पुगेको छ । कारोबारका आधारमा नयादी ग्रुप पावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु २२ करोड २८ लाख ६९ हजार ८ सय ८९ बराबरको कारोबार गरेको छ । हिमालयन डिस्टिलरी ८ करोड ८१ लाख ३८ हजार, शिवम् सिमेन्ट रु ६ करोड ९७ लाख ८५ हजार ९ सय ६, एनआइसी एशिया बैंक ६ करोड ८९ लाख ८ हजार ५ सय ७४ र नेपाल पुनरबीमा कम्पनी रु ६ करोड २६ लाख ८१ हजार ३ सय ८२ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएको छ ।