म माथि छानबिन गरियोस् : डा गोविन्द

काठमाडौँ । चिकित्सा शिक्षाका अभियन्ता डा गोविन्द केसीले आफूहरूमाथि छानबिन गर्न सरकारसँग माग गरेका छन्। एमबिबिएसलगायत चिकित्सा शिक्षा अध्ययनका लागि विदेशमा नेपाली विद्यार्थी पठाउने कार्यमा संलग्न भई सम्पत्ति आर्जन गरेको र त्यो सम्पत्ति विदेशमा लुकाएको आरोप फैलिएको भन्दै आफूहरूमाथि छानबिन गर्न डा केसीले माग गरेका हुन्।

‘पटकपटक खड्गप्रसाद ओली स्वयम र विभिन्न आवरणमा रहेका उनको भ्रष्ट गिरोहका सदस्यले हामीमाथि एमबिबिएसलगायत चिकित्सा शिक्षाको अध्ययनको लागि विदेशमा नेपाली विद्यार्थी पठाउने कार्यमा संलग्न भई अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाएको हो । त्यो सम्पत्ति विदेशमा लुकाएको भन्ने आरोप फैलाएको हुँदा प्रथमत त्योा सत्यता नभएको जानकारी दिन चाहन्छौं केसीले भनेका छन् । साथै उनले ती आरोपलाई नै उजुरी मानेर छानबिन गर्न माग समेत गरेका छन्।

‘नेकपा एमालेका पूर्वप्रधानमँत्री केपी शर्मा ओली र उनका सहयोगीबाट थप उजुरी लिई हामीमाथि गम्भीर प्रकृतिको छानबिन गर्नका लागि राज्य संयन्त्र, आम सञ्चार जगत वा अन्य सरोकारवालालाई आह्वान गरिएको डा केसीको आरोप छ । उनले भने ‘त्यस्तो छानबिनको कार्यमा खड्गप्रसाद ओली स्वयम् संलग्न गर्दा पनि हामीलाई स्वीकार्य हुनेछ। त्यसरी छानबिन गर्दा कुनै पनि प्रमाणबाट त्यस्तो कार्यमा संलग्न रहेको देखिएमा जस्तोसुकै कठोर कानूनी कारबाही व्यहोर्न हामी तयार रहेका बताएका छन् ।