एनआइसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ्ग एपकोस्तरोन्नति

काठमाडौै । एनआईसी एशिया बैकले आफ्नो मोवाईल बैकिङ्ग सेवालाई अझ प्रभावकारी बनाउनका लािग बैको मोवाइल वैकिङ्ग एपको स्तरोन्ती गरेको छ । डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको एन आई सी एशिया बैंकले ओम्नी च्यालन प्रणालीमा आधारित मोबाइल बैंकिङ्गको शुभारम्भ गरेको हो ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने उदेश्यले बैंकले ओम्निच्यानल एफ मार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने बनाएको छ ।

बैंकमा खाता भएका एवं नभएका ग्राहक महानुभावहरूलाई लक्षित गर्दै यो नयाँ सेवाको शुभारम्भ गरेको वैकले जनाएको छ । हालका एनआइसी एसिया मोबैंक प्रयोगकर्ताहरुले अहिलेको एपलाई अपडेट गरी ओम्निी च्यानल एप मा स्तरोन्नति गर्न सक्ने छन् । यसका लागि नयाँ ग्राहकहरुले भन् प्ले स्टोर वा एप स्टोरमा गएर डाउन लोड गरी प्रयोग गर्न सक्छन्छन् ।

‘सबथोक यसमै छ’ भन्ने नाराका साथ सुरु गरिएको ओम्नि एपबाट सेवाग्राहीहरूले अधिकतम बैंकिङ्ग सेवाहरू सहज एवं सरल रुपमा उपभोग गर्न सक्ने र निकट भविष्यमा अझ बढी सेवाहरू सोही एपमार्फत दिने तयारी बैंकले गरिरहेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारीसुधिर नाथ पाण्डेले जानकारी दिएका छन् ।

स्तरोन्नति पश्चात् सो एपबाट ग्राहकहरूले नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिने देखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, लकर सुविधा लिन सक्नेछन् । त्यस्तै लगातका धेरै भन्दा धेरै बैंकिङ्ग सेवाहरू ओम्निी एप मार्फत डिजिटल प्राप्त गर्न सक्नेछन् ।

साथै, सो बैंकमा खाता नभएका ग्राहकहरुले पनि सो एप डाउनलोड गरी डिजिटल वालेटको रुपमा प्रयोग गर्न सक्नेछन् । जसबाट समेत क्वीआर भुक्तानी, युटिलिटी बील भुक्तानी लगायत अनेकौं सेवा लिन सकिने छ । ग्राहकहरुको उक्त वालेटमा केवाईसी अद्यावधिक गरेपश्चात् भने सो वालेट प्रयोगकर्तालाई बैंकको खातावाला बन्न समेत सकिने व्यवस्था गरेको छ ।