मकवानपुरगढीमा झोलुङ्गेपुलको निर्माण

काठमाडौँ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका–१ मा झोलुङ्गेपुल निर्माण गरिएको छ । खोलामा पुल नहुँदा स्थानीयले लामो समयदेखि समस्या भोग्दै आएका । गाउँपालिकाको आर्थिक र राडो नेपालको प्राविधिक सहयोगमा करिब ५० लाख लागतमा निर्माण भएको हो ।

वडा नं १ मा रहेको वुदुने खोलामा रु ५० लाख १६ हजार १ सय १३ को लागतमा उक्त पुल निर्माण गरिएको गाउँपालिकाले जानकारी दिइएको छ । एक सय १८ मिटर लम्बाइ रहेको सो पुलको गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले उद्घाटन गरेका छन् ।

उक्त पुलको निर्माणबाट वडा नं १ का उक्त क्षेत्रका ३ सय ९ घरपरिवार लाभान्वित भएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिइएका छन् ।