नेप्से परिसूचक आज दोहोरो अङ्कले बढ्यो

काठमाडौँ आजा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.३३ अङ्कले उकालो लागेर २ हजार ४३.९२ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६९ अङ्कले उकालोे लागेर ३८८.९१ मा पुगेको छ ।

कूल २ सय २८ कम्पनीको ६२ लाख ६३ हजार ३ ससय १० कित्ता शेयर २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७ सय १ मूल्यमा खरिद बिक्री भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । १० उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ०.७३, निर्जीवन बीमा ३५.०३ र सामूहिक लगानी कोष ०.०८ अङ्कले ओरालो लागेको छ ।

आजको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब १५ अर्ब १५ करोड १९ लाख ७० हजार ३ सय ३६ बराबर पुगेको छ । कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ११ करोड ७२ लाख ८० हजार ३ सय ३० बराबरको कारोबार गरेको छ । यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन रु ११ करोड ५३ लाख ४६ लाख ४ सय ७७, सिभिल बैंक रु १० करोड ५४ लाख ३६ हजार २ सय ३८, हिमालयन डिस्टिलरी ९ करोड २६ लाख ७१ हजार ७ सय ५३ र माथिल्लो तामाकोसी ८ करोड ६९ लाख २१ हजार ४ सय ७४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ ।

नेप्सेका अनुसार लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो भने सिवाइसिएल लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाएका छन् । तेह्रथुम पावर कम्पनी ७.७८, सिभिल बैंक सात, रिलायन्स फाइनान्सका लगानीकर्ताले ६.४२ प्रतिशतले कमाए । त्यस्तै एनसिसी बैंकको ऋणपत्र ५.८९, स्वाभिमान लघुवित्त ५.६८, सिटिजन म्युचुअल फण्ड दोस्रो ५.२८, किसान लघुवित्त ४.३० र सिटिजन म्युचुअल फण्ड पहिलोका लगानीकर्ताले ३.५१ प्रतिशतले गुमाएको छ ।