कुटपिटबाट बिकको मृत्यु, चार अभियुक्त पक्राउ

काठमाडौँ । गोरखाको पालुङटार नगरपालिका ५ धरमपानीमा कुटपिटगरी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय बुद्धि बहादुर बिक रहेका छन् । उनलाई मादक पदार्थ सेवन गरी कुटपिट गरेको अभियोगमा सोही ठाउँ बस्ने ३४ वर्षीय राम शरण बिक लगायत ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले कुटपिट गर्दा गम्भीर घाइते भएका बुद्धि बहादुरको आँपपिपल अस्पताल पालुङटारमा उपचारको क्रममा मृत्यु भएको हो । सो खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको जानकारी दिइएको छ ।