शरीर बन्धक गरी हत्या गरेको अभियोगमा दुई पक्राउ

काठमाडौँ । शरीर बन्धक गरी बारा बिश्रामपुर गाउँपालिका ५ ईटियाही बस्ने २३ वर्षीय राजकुमार ठाकुरको हत्या गरेको अभियोगमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा बिश्रामपुर गाउँपालिका ५ ठेगाना भएका २८ वर्षीय उत्तम पटेल र सोही ठाउँ ठेगाना भएका ३० वर्षीय प्रितम पटेल रहेका छन् ।

राजकुमार ट्युसन पढ्न पर्सा वीरगंज महानगरपालिका १६ नगवातर्फ साईकल चढी गएकोमा सम्पर्क विहीन भएका थिए । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानका लागि वीरगंजमा महानगरपालिका १६ नगवास्थितमा टेलर सञ्चालन गरी बस्दै आएका उत्तम पटेल र उनकै दाइ प्रितम पटेललाई नियन्त्रणमा लिएको थियो ।

थप अनसुन्धानको क्रममा राजकुमार र उनीहरूकै बहिनीबीच प्रेम सम्बन्ध रहेको शङ्कामा राजकुमारलाई आफ्नै टेलरमा लगि हत्या पश्चात शव बोराभित्र राखी ना.३८ प ४३९५ नम्बरको मोटरसाइकलमा भारतको रक्सौल रेल्वे स्टेशन पुर्‍याई मुजफ्फरपुर जाने ट्रेनको शौचालय छेउको खाली ठाउँमा छोडेको खुल्न आएको छ ।