तिनजनालाई एसिड प्रहार गर्ने रावत पक्राउ

काठमाडौँ । सल्यानमा आफ्नै ३ जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । एसिड प्रहार गर्ने दार्मा गाउँपालिका(३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

रावतले मादक पदार्थ सेवन गरी लेनदेनको विषयलाई लिएर एसिड प्रहार गर्दा सोही ठाउँस्थित आफ्नै पसलमा बसिरहेका उनकै भाइ समेत ३ जना घाइते भए हो ।

ईलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई अन्दाजी २२ लिटर एसिड सहित पक्राउ गरेको हो । तीनै जना घाइतेहरुलाई उपचारको लागि नेपालगंजतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।