आजको प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक सोमबार दिनको १ बजे बस्नेगरी स्थगित गरेका छन् ।

बैठक आज बिहान ११ बजेका लागि निर्धारित थियो । प्र्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले सभामुख सापकोटाले भोलिका लागि तय गरेको जानकारी दिइएका छन् । नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनका कारण आजको बैठक स्थगित भएको बुझिएको छ ।