दोलखाको जिरीमा दम्पती मृत फेला

काठमाडौँ । दोलखाको जिरी नगरपालिका ८ आहालेमा एक दम्पती मृत फेला परेका छन् । अन्दाजी ५५ र ५६ वर्षका हर्कबहादुर जिरेल र उनकी ५० वर्षीय श्रीमती शनिबार साँझ ७ बजेतिर मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय जिरीले जानकारी दिइएको छ ।

प्रहरीका अनुसार जिरेल आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका हुन् भने उनकी श्रीमती डेढ किलोमिटर नजिकैको बोक्से भीरबाट लडेको अवस्थामा मृत फेला परेका हुन् । उनीहरूको मृत्युको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिइएको छ ।