मेयर साह आफैं अण्डरग्राउण्ड पार्किङका पसल र गोदाम हटाउने अभियानमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्डरग्राउन्ड पार्किङमा सञ्चालित पसल तथा गोदामहरु हटाउन सुरु गरेको छ । मेयर बालेन्द्र साहले आफैं नयाँ बानेश्वर क्षेत्रमा पुगेर अण्डरग्राउण्डमा राखिएका पसलहरु हटाउने अभियान सुरु गरेका छन् ।

गत साउन १ गते ३५ दिने सूचना दिएर अण्डरग्राउण्डका पसल र गोदामहरु हटाउन भनेको महानगरपालिकाले सोमबारदेखि फिल्डमै उत्रिएको हो । भवन निर्माण गर्दा पार्किङको नक्सा पास गरेका तर पार्किङको सट्टा पसल र गोदामका लागि भाडामा लगाएका स्थानका पसलहरु हटाउन थालिएको हो ।

महानगरका सवै वडा र टोलमा अनुगमन गरेर जुन प्रयोजनका लागि नक्सा पास गरिएको सोही प्रयोजनमा प्रयोग गराउने पनि महानगरपालिकाले जानकारी गराएको छ ।