गर्भवतीको हेलिकोप्टरबाट उद्धार

काठमाडौँ । बैतडीमा सुत्केरी हुन नसके पछि हेलिकप्टरबाट उद्धार गरिएको छ । सिगास गाउँपालिका– ६ स्थित थालाकाडा स्वास्थ्यचौकीबाट महिलाको सोमबार बिहान ११ बजेतिर उद्धार गरिएको हो ।

आइबार सुत्केरी बेथा लागेर स्वास्थ्यसंस्था पुगेकी २० वर्षीया विन्दु धामीलाई सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेतस्थित प्रादेशीक अस्पताल लगिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिइएको छ । महिलाको अवस्था थप जटिल बन्दै गएपछि उद्धार गरेर पठाइएको उनले बताए ।

सिगास गाउँपालिकाबाट जिल्ला अस्पताल ल्याउनको लागि समय धेरै लाग्ने भएकोले सेनाको हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेतको अस्पतालमा पठाइएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । उनले भने, ‘ स्वास्थ्यकर्मीका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी गराउन सकिएन । जिल्ला अस्पतालमा पुर्‍याउन धेरै समय लाग्छ । फेरि केही समय पैदल पनि हिँड्नुपर्ने हुन्छ ।