मुद्दा मिलाउन धम्की, अझै अदालतमा मुद्दा सुनुवाइ भएन

काठमाडौँ । न्यायको माग गर्दै काठमाडौं आइपुगेका दिलीपका बुवा र बहिनीको अझै अदालतमा मुद्दा सुनुवाइ भएको छैन् । खोलाबाट भइरहेको अवैध उत्खननको विरोध गर्दा ज्यान गुमाएका धनुषाका ओमप्रकाश महतो दिलीपको परिवारले मुद्दा मिलाउन पीडक पक्ष र राज्यका निकायबाटै विभिन्न प्रलोभन र धम्की आइरहेको बताएका छन् । घटनामा संलग्नहरू र प्रहरी प्रशासनकै तर्फबाट धम्की आइरहेको उनीहरुले गुनासो गरेका छन् ।

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै दिलीपका बुवा रामजीवन महतोले एकातिर अदालतबाट न्याय नमिलेको र अर्कोतर्फ धम्की आइरहेको बताएका छन् ।

खोलामा जाने मान्छे, पुलिस प्रशासन, माफियाले जसले पनि भनिदिन्छ दिलीपजस्तै तपाईंलाई पनि गरिदिन्छ । सबैको मुखमै त्यो बोली छ,ु उनले भने, प्रशासन, जसको मुखबाट पनि त्यै बोली निस्किन्छ । यो कुरा सुन्दा लाग्छ कि कानुनले हेरिरहेको छैन । अदालतमा जान्छौं बहस हुन्छ । भोलि राम्रो हुन्छ भनेर लाग्छ । तर, ठ्याक्कै पानीको मुहानजस्तो फर्काइदिन्छ । धाराको टुटीजस्तो बन्द गरिदिन्छ । हामी रित्तै फर्केर घरमा आउँछौं । दुःख लागेर किन यस्तो गरिरहन्छौं लाग्छ । छोरा पनि गुमिसक्यो, न्याय पनि पाउँदैनौं लाग्छ । के हुन्छ, के हुन्छ भोलि ।

दिलीपकी बहिनी संगमकुमारी महतोले पनि परिवारलाई मुद्दा मिलाउनका लागि आर्थिक प्रलोभन र धम्की आइरहेको बताइन् । परिवारमा मुद्दा मिल्नको लागि दबाब आएकै आयै हुन्छ । कति पैसा चाहियो भन्छ,ु उनले भनिन्, ुहामीलाई पैसा चाहिएको छैन । मेरो दाजु ल्याइदिनुपर्‍यो, त्यसमै खुसी हुन्छौं । परिवारको मुख्य व्यक्ति दाजु हुनुहुन्थ्यो । मुख्य व्यक्तिलाई हत्या गरिदियो ।ु हत्यारालाई कानुनअनुसार सजाय हुनुपर्ने र परिवारलाई आर्थिक लगायतका सहयोग हुनुपर्ने उनीहरूको माग छ ।

दिलीपको २०७६ पुस २५ गते हत्या भएको र अहिलेसम्म पनि अदालतबाट न्याय नमिलेको भन्दै संगमले सोधिन्, न्याय के हो ? न्याय कहाँबाट पाउँछ ? न्याय कसले दिन्छ रु थाहा छैन ।ु सात पीडकका सात वकिलले विभिन्न बहानामा मुद्दाको पेसी सार्दै गएकाले सुनुवाइ नभएको पनि उनको भनाइ थियो । अदालतमा पेसी आउँछ, सर्छ । पेसी आउँछ, सर्छ । ७ जना हत्या गर्नेको ७ वकिल छ । उनीहरूले पैसा दिएर राखेको छ । पेसी सार्छ,ु उनले भनिन्, हामीसँग पैसा छैन । वकिल राख्न सक्दैन । परिवारमा बलियो व्यक्ति पनि छैन ।

जिल्ला अदालत धनुषामा दिलीपको हत्याका साक्षीको बयान र बकपत्रसमेत भएको छैन । हत्यामा संलग्न रहेका भनिएकाहरूका वकिलहरूले पेसी सार्दै गएका छन् । फेरी पनि सोमबारका लागि पेसी तोकिएको छ ।