काठमाडौंमा भूमिगत पार्किङ्ग खाली गराउँदै मेयर बालेन, चन्द्रमहलको बेसमेण्ट पनि खाली गरिने

काठमाडौं । पाकिङ्गको अभावले अस्तव्स्त काठमाडौं शहरलाई व्यवस्थित गर्ने अभियानमा जुटेका महानगरपालिकाका मेयर बालेन साहले भूमिगत तथा बेसमेण्टलाई पूर्ण रुपमा खाली गर्ने भएका छन् । काठमाडौंको व्यस्त मानिएको नयाँ बानेश्वरबाट शुरु गरिएको भूमिगत पार्किङ्ग तथा बेसमेण्ट खाली गराउने कार्य आज सुरज आर्केड न्यूरोड पुगेको छ ।

काठमाडौं महानगरपालिकासँग भूमिगत पार्किङ्ग तथा बेसमेण्टको स्वीकृत लिएर अन्य व्यवसायिक प्रयोजनका लागि प्रयोग गरिएकाले त्यसलाई पूर्ण रुपमा भूमिगत पार्किङ्ग कै रुपमा प्रयोग गर्ने महानगर जुटेको हो । सोमबार पनि महानगरपालिकाको नगरप्रहरी बलले न्यूरोडमा रहेको सुरज आर्केडमाको बेसमेण्ट खाली गराईरहेको छ ।

सुरज आर्केड पुगेका नगर प्रहरी टोलीले त्यहाँ रहेका चन्द्र महल, मखन प्लाजाको बेसमेण्ट हटाउन निर्देशन दिएसँगै अहिले व्यापारीहरुले सामान सार्ने काम गरिरहेका छन् ।