९१ वर्षको उमेरमा मिखायल गोर्भाचोभको निधन

काठमाडौं । शीत युद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत संघका आठौं तथा अन्तिम नेता मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको छ ।

सन् १९८५ देखि सन् १९९१ सम्म सत्ता र शक्तिमा रहनु भएका गोर्भाचोभले तत्कालिन सोभियत संघलाई विश्वका लागि खुल्ला गरेर सुधारको शुरुवात आफैंबाट गर्नुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेका थिए ।

उनले सोभियत संघको पतनलाई भने रोक्न सक्नु भएन । जसबाट आधुनिक रुसको उदय भयो । गोर्भाचोभको निधनमा विश्वभरबाट समवेदना प्रकट गरिएको छ ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रसले गोर्भाचोभको निधनप्रति शोक व्यक्त गर्दै विश्वले शान्तिका लागि अथक वकालतकर्ता गुमाएको बताए ।

यसैगरी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन, युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लियन लगायतले गोर्भाचोभको प्रति समवेदना प्रकट गर्नुभएको छ ।

लामो समय देखि विरामी रहेका गोर्भाचोभको के कारणले मृत्यु भयो भन्ने खुलाइएको छैन । गोर्भाचोभ मृगौला रोगबाट पीडित रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।