सुर्खेतमा कुटपिट गरी हत्या, सुनार लगायत ५ पक्राउ

काठमाडौँ । सुर्खेतमा कुटपिटबाटी एकजनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका १० पटानटोल बस्ने २० वर्षीय रोशन जिसीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २२ वर्षीय ओम प्रकाश सुनार लगायत ५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सुनार समेतका व्यक्तिहरुले कुटपिट गर्दा गम्भिर घाइते भएका रोशनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । सो घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरू ५ जनालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले उनीहरुमाथी थप अनुसन्धान गरिरहेको छ ।