पूर्वपदाधिकारी श्रेष्ठ र सर्वोच्च अदालत बारका अध्यक्षमाथि जबराको आरोप

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा बारका पूर्वपदाधिकारीमाथि गम्भीर आरोप लगाएका छन् । जबराले नेपाल बारका पूर्वपदाधिकारीले उच्च अदालतको न्यायाधीश मागेको र सर्वोच्च अदालत बारका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले मुद्दा मिलाइदिनुपर्ने कुरा राखेको आरोप लगाएका हुन् ।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधबार बयान दिने क्रममा जबराले नामै किटेर नेपाल बारका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र पूर्वमहासचिव लिलामणि पौडेलले उच्च अदालतमा न्यायाधीश मागेको बताए । नेपाल बारको तत्कालीन अध्यक्ष श्रेष्ठले उच्च अदालतमा न्यायाधीश मागेको थियो । बारको तत्कालीन महासचिव पौडेलले उच्च अदालतको मुख्य न्यायाधीश मागेको थियो, जबराले भने, तत्कालीन महासचिव न त वरिष्ठ अधिवक्ता हुनुहुन्थ्यो । त्यसैले हुन्न भनेको हो । उहाँले मेरो च्याम्बरमा आएरै उच्च अदालतको मुख्य न्यायाधीश माग्नुभएको हो ।

त्यस्तै, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शक्यले मुद्दाबारे चासो राखेको जबराको भनाइ थियो । ुसर्वोच्च बारका अध्यक्ष प्राध्यापक पनि हुनुहुन्छ । उनले आफ्ना मुद्दाबारे कुरा गरेको थियो, जबराले भने, बारका पदाधिकारीहरू सिद्धान्त र नैतिकताका आधारमा आन्दोलनमा गएका होइनन् । जबराले बारका तत्कालीन पदाधिकारीले न्यायाधीशहरूलाई पनि उचालेर आफूविरुद्ध आन्दोलन गराएको आरोप समेत लगाएका छन् ।